तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीसमक्ष प्रमण्डलका अध्यक्षबाट शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहनुभएका ‘ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पिस’ संस्थाका अध्यक्ष अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले आज राष्ट्रपति भवन, महाराजगञ्जमा शिष्टाचार भेट गरेको छ ।

उक्त अवसरमा प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठी, प्रतिनिधि मण्डलका विभिन्न आठ देशका संस्थासँग आबद्ध सदस्य तथा सांसद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button