तपाईँ सुन्दै हुनुहुन्छः

जैसीलाई भारतको मानार्थ डाक्टरेट (पिएचडी) उपाधि दिइने

सुर्खेत । सुर्खेतका योग प्रशिक्षक शिवराज जैसीलाई भारतको सोरेट्स सोसल रिसर्च यूनिभरसिटी दिल्लीले मानार्थ उपाधि दिन लागेको छ ।

योग विधामा लामो समयसम्म योगदान गरे बापत पहिलो पटक नेपालबाट जैसीलाई यूनिभरसिटीले मानार्थ (पिएचडी) उपाधि दिन लागेको हो ।

यूनिभरसिटीले उनलाई भाद्र १८ गते अर्थात् सेप्टेम्बर ३ तारिख २०२२ का दिन दिल्लीमा विधिवत् रूपले मानार्थ डाक्टरेट (पिएचडी) उपाधि दिने जनाएको छ ।

यो उपाधिबाट नेपालमा योग शिक्षा र योग जागरणको थप विस्तारसँगै विकासमा टेवा पुग्ने अपेक्षा यूनिभरसिटीको छ ।

यूनिभरसिटीले दिन लागेको मानार्थ डाक्टरेट (पिएचडी) उपाधिबाट आफूलाई योग जागरण अभियान अगाडि बढाउन अतिरिक्त ऊर्जासँगै जिम्मेवारी थपिएको जैसीको भनाइ छ ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, रानका स्थायी बासिन्दा शिवराज जैसी २०५७ सालदेखि योग तथा मेडिटेसन अभियानसँग जोडिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button