तपाईँ सुन्दै हुनुहुन्छः

चार्जिङ स्टेशन सम्भाव्यता अध्ययन 

सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा मन्त्रालयले विद्युतबाट यातायातका साधनहरू सञ्चालनका लागि चार्जिङ्ग स्टेशन निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरेको छ । 

मन्त्रालयले इन्धनबाट चल्ने यातायातका सवारी साधनको चापलाई कम गर्न चार्जिङ्ग स्टेशन निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गर्न गरेको हो । सम्भाव्यता अध्ययन पूरा हुने बित्तिकै कुन ठाउँमा कति चार्जिङ्ग स्टेशन बनाउँदा उपयुक्त हुन्छ भन्ने प्रतिवेदनका आधारमा निर्माणको काम सुरु गरिने कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनु भयो । 

उहाँले प्रदेशमा चार्जिङ्ग स्टेशन निर्माणको सम्भाव्यता अध्ययनका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरि सकिएको बताउनु भयो । उहाँका अनुसार पहिलो चरणमा सुर्खेत, दैलेख र सल्यानमा चार्जिङ्ग स्टेशन निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने छ । कर्णालीका अधिकांश ठाउँमा साना तथा लघु जलविद्युत् आयोजना निर्माण हुनुका साथै मर्मत कार्य जारी रहेकाले केन्द्रीय प्रसारण लाइन विस्तारलाई सरकारले तीव्रता दिइरहेको उहाँको भनाइ छ । 

अहिले प्रदेशभरि यातायातका सवारी साधनहरूको चाप दिनप्रतिदिन बढ्दै जाँदा पेट्रोलियम पदार्थको माग समेत बढेको छ । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्न प्रदेश सरकारले विद्युतीय गाडी सञ्चालनमा प्रोत्साहन गर्न चार्जिङ्ग स्टेशन निर्माण कार्यलाई अघि बढाएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button