तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा १० जना बन्दकर्ता पक्राउ

बाजुरा । बाजुरामा १० जना बन्दकर्ताहरु पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला स्थित नेता कार्यकर्ता गरि १० जना पक्राउ परेका हुन्  । 

बजारमा पसल र गाडी बन्दको आह्वान गर्दै हिँडेका   ३ जना सदरमुकाम मार्तडीबाट र ७ जना कोल्टी बजारबाट  पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउँदै हिँडेका नेपाल कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपाली लगायत ३जना सदरमुकाम मार्तडी बाट पक्राउ परेका छन् भने अन्य ७ जना कोल्टी बजारबाट पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय बाजुराका  प्रहरी नायव उपरीक्षक  सूर्य थापाले बताउनु भयो। 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछि बाजुरामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बाजुरामा आज लामो दुरीका सवारी साधन छिट्पुट रुपमा चलेका छन् भने छोटो दुरीका सवारी साधन निर्बाध रुपमा चलिरहेका छन्।बन्दको प्रभाव सामान्य देखिएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button