तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीसँग पार्टी एकता हुन्छ: पूर्व प्रधानमन्त्री खनाल

पाल्पा । पूर्व प्रधानमन्त्री झलनाथ खनालले वैचारिक रुपमा नजिक रहेको नेकपा माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुने बताउनुभएको छ ।

आज पाल्पाको सदरमुकाम तानसेनमा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नेकपा एकिकृत समाजवादीका सम्मानित नेता समेत रहनुभएका खनालले नेपालमा एक सबल कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य साना कम्युनिष्ट पार्टीसँग समेत एकीकरणको खाँचो रहेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीले दुई तिहाइको बहुमत पाएको समयमा त्यसलाई सही रुपमा सदुपयोग गर्न नसक्दा यो अवस्था आएको धारणा उहाँले राख्नुभयो ।

फरक प्रसङ्गमा पूर्व प्रधानमन्त्री खनालले आम निर्वाचनमा गठबन्धनको तर्फबाट सिट बाँडफाँडको लागी कार्यदल बनेको र केही दिनमा त्यसले निचोड दिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button