तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीमा राष्ट्रिय वाणिज्य बैङ्कको एटिएम सेवा सञ्चालन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरमा आजबाट राष्ट्रिय वाणिज्य बैङ्कको एटिएम सेवा सञ्चालनमा आएको छ ।

सुवर्णपुरमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कमा सोमबारदेखि सञ्चालित एटिएम सेवाको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गर्नुभयो । ग्राहक बढ्दै गएपछि राष्ट्रिय वाणिज्य बैंकले ठोरीमा एटिएम सेवा सञ्चालन गरेको हो ।

एटिएम सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका ग्राहकले बैङ्कमा धेरै बेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने र कार्यालय समय भन्दा बाहेकका समयमा पनि ग्राहकले बैङ्किङ सुविधा पाउने बैङ्कका सहायक प्रमुख प्रकाश कुमार वर्णवालले बताउनुभयो ।

वाणिज्य बैङ्क सुवर्णपुरका शाखा प्रमुख यादव थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरी ५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन, सुवर्णपुरका पूर्व गाविस अध्यक्ष जरी लामा, सुवर्णपुरका अगुवा सुन लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button