तपाईँ सुन्दै हुनुहुन्छः

पानीको भाँडोमा डुबेर बालिकाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिका–३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोकबहादुर भुजेलकी तीन वर्षीय छोरी सौगात भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो ।

साँझमा घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button