तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद्को दुवै सदनबाट नेता गिरीको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधनमा शोक प्रस्ताव पारित गदै संघीय संसद्का दुवै सदन स्थगित भएका छन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७५ वर्षीय नेता गिरिको भदौ ४ गते राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

२०५१ सालको संसदीय चुनावमा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएका नेता गिरी वि.स २०६४ र २०७० सालको निर्वाचनमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य हुनुहुन्थ्यो । नेता गिरी २०७४ सालमा सिराहा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्थ्यो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता गिरी लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याताका रुपमा परिचित हुनुहुन्थ्यो । 

प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान १०ः०० बजे बस्नेछ भने राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार १ः०० बजेर १ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button