तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा २० करोड बढी राजस्व सङ्कलन

भोजपुर ।भोजपुरमा आर्थिक वर्ष २०७८/७९ मा २० करोड बढी राजस्व सङ्कलन भएको छ । वस्तु, सेवामा लाग्ने कर, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतको २० करोड, १० लाख, ७४ हजार राजस्व सङ्कलन भएको करदाता सेवा भोजपुरले जनाएको छ ।

कार्यालय स्थापना हुँदाको अवस्थामा तीन हजार ८ सय ९३ करदाता रहेकोमा हाल सम्मा थप भई ६ हजार ४ जना पुगेको कार्यालयले जनाएको छ । कार्यालय स्थापना भएपछि करदाताहरूको सङ्ख्यामा वृद्धि भई राजश्व समेत बढेको कार्यालयको भनाई छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा भने सेवा प्रवाहमा समस्या भएको कर अधिकृत संगम गुरुङले बताउनु भयो ।

यो समयमा सेवाग्राहीहरूको चाप हुने भए पनि दरबन्दी अनुसारको कर्मचारी नहुँदा कार्यालय समय बाहिर पनि सेवा दिई रहेको अधिकृत गुरुङले बताउनु भयो । कार्यालयमा एक जना अधिकृत, दुईजना नायव सुब्बा, एकजना कम्प्युटर अपरेटर, एक जना सवारी चालक, र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । नासु, कम्प्युटर अपरेटर दरबन्दी खाली रहेकाले करार तथा काजमा ल्याएर काम उठाउनु पर्ने बाध्यता रहेको अधिकृत गुरुङको भनाई छ ।

कार्यालय स्थापना भएपछि भोजपुरका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । कार्यालय नहुँदा कर तिर्नकै लागि तीन दिनलगाएर धरान धनकुटा पुग्नु पर्ने बाध्यता थियो । जिल्लामा नै कर कार्यालय सञ्चालन भएपछि कर तिर्न सहज भएको सेवाग्राहीको भनाई छ ।कर कार्यालय रहेको स्थान नजिकै राजस्व जम्मा गर्नका लागि बैङ्कको शाखा नहुँदा भने केही समस्या हुने गरेको उनीहरूको भनाई छ ।

करदाता सेवा कार्यालयमा अनलाइन सेवा समेत सञ्चालन भएकोले २० लाखसम्मको कारोबार गर्ने निजी फर्म तथा उद्यमीहरूले अनलाइन सेवा मार्फत घरबाटै कर तिर्न सक्ने समेत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button