तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानका पूर्व प्रधानमन्त्री खान विरुद्ध त्यहाँको प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध त्यहाँको प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ । 

पूर्व प्रधानमन्त्री खान माथि एक भाषणको क्रममा प्रहरी र न्यायपालिका माथि धम्की दिएको अभियोग लागेको छ । 

इमरान खानका समर्थकहरूले खान पक्राउ परेमा सडकबाटै सत्ता कब्जा गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ । 

गत अप्रिलमा अविश्वासको प्रस्ताव पारित भए पछि सत्ताबाट बाहिरिएका पूर्व प्रधानमन्त्री खानले पाकिस्तानी सरकार र सेनाको भूमिकाको खरो आलोचना गर्दै आउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button