तपाईँ सुन्दै हुनुहुन्छः

काश्मिरमा सडक दुर्घटनामा ९ पाकिस्तानी सैनिकको मृत्यु, ४ जना घाइते

इस्लामावाद। पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको उद्धार सेवाले सिन्ह्वालाई जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार जिल्लाको शुजा अबाद क्षेत्र नजिकै उनीहरू सवार गाडी गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको हो। 

दुर्घटनालगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा  खटिएको पनि अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू गुणस्तरहीन सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण हुने गर्दछन् ।

भारी मनसुन वर्षाका कारण उत्तरी पाकिस्तानमा हालैका दिनहरूमा सडक दुर्घटनामा उल्लेखनीय वृद्धि भएको पाइएको छ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button