तपाईँ सुन्दै हुनुहुन्छः

‘अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गराउन प्रदेश सरकार प्रतिबद्ध’

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सरकारले संविधानमा लेखिएअनुसार कार्यान्वयन गराउने बताउनुभएको छ ।

सामर्थ्य समाज विराटनगरद्वारा लिखित अपिल पत्र बुझ्दै मन्त्री कार्कीले अपाङ्गता भएकाहरूको हक र अधिकार स्थापित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

संविधान जारी भएपछि पनि मुलुकमा राजनीति स्थिरता पैदा नभएको बताउँदै मन्त्री कार्कीले सबैको पहलमा अधिकारहरूको कार्यान्वयन हुने बताउनुभयो ।

मन्त्री कार्कीले हरेक व्यक्तिमा फरक क्षमता रहने उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूका हक, हित तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको समाजले प्रदेश स्तरीय नीति, नियम तथा कानून निर्माणमा अनिवार्य पहुँचयुक्त सहभागिता गराइनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ पूर्ण रूपमा कार्यान्वयन गराइनुपर्ने, मन्त्रालयमा सहायता कक्ष स्थापना गरिनुपर्ने, पहुँचयुक्त भौतिक संरचना निर्माण गर्नुपर्ने लगायतका सात बुँदे मागसहित अपिल पत्र बुझाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button