तपाईँ सुन्दै हुनुहुन्छः

विकासको क्षेत्रमा नमुना काम गर्छु: वनमन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासको क्षेत्रमा नमुना काम गरेर देखाउने बताउनुभएको छ ।

आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘वातावरण संरक्षण: दिगो विकासका वर्तमान चुनौतीहरू’ विषयक कार्यक्रममा मन्त्री यादवले जति दिन मन्त्रालयमा रहे पनि नमुना काम गर्ने बताउनुभयो ।

मन्त्री यादवले आम नागरिक, नागरिक समाज, विज्ञ एवम् पत्रकारहरूका राय, सुझावका आधारमा आफूले काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

वन तथा वातावरणका क्षेत्रमा निस्वार्थ भावना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले वन तथा वातावरण मन्त्रालय युरोसिक्समा जान लागेको जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि २०४५ सम्म नेपाललाई कार्बन क्रेडिटमा शून्यमा झर्ने प्रतिबद्धता जनाइसक्नु भएकाले कार्बन क्रेडिट शून्यमा झार्न हरेक क्षेत्रमा मन्त्रालयले काम गर्ने जानकारी उहाँले दिनुभयो ।

वन तथा वातावरणका क्षेत्रमा थुप्रै काम गर्न आवश्यक रहेको भए पनि आर्थिक अभावका कारण ती कामहरू गर्न नसकिएको मन्त्री यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button