तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबासमा चौथो महोत्सव आयोजना हुने

बर्दिबास । महोत्तरीको बर्दिबासमा चौथो महोत्सव आयोजना हुने भएको छ ।

कोभिड–१९ ले धराशायी भएको निजी क्षेत्रको व्यवसाय कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चौथो महोत्सवको आयोजना गर्न लागिएको हो ।

आइतबार बर्दिबास उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव अगामी असोज ४ गतेदेखि असोज १५ गतेसम्म आयोजना हुने संघका महासचिव भवनाथ खतिवडाले बताउनुभयो ।

स्थानीय उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिबासको व्यापारिक सम्भावनाबारे व्यापारी र उपभोक्तालाई विश्वस्त बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा बर्दिबास क्षेत्रमा उत्पादन हुँदै आएका कृषि उपजको प्रमुख प्रदर्शनी गरिने छ ।

करिब साँढे २९ लाख खर्च हुने अनुमान गरिएको महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने महासचिव खतिवडाले जनाउनुभयो । १५० स्टल रहने महोत्सवमा स्थानीय व्यवसायीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button