तपाईँ सुन्दै हुनुहुन्छः

नेता गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षतिः अध्यक्ष डा भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताउनुभएको छ ।

पैतालीस वर्ष निरन्तर गिरीसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरीको निधनमा निःशब्द रहेको जनाउनुभएको छ ।

“नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ”, अध्यक्ष भट्टराईले ट्वीटमा भन्नुभएको छ । उहाँले गिरीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button