तपाईँ सुन्दै हुनुहुन्छः

कोशी कटानकाे समस्यालाई दीर्घकालीन समाधान गर्न योजना बनाउँछु : मन्त्री कार्की

सुनसरी । संङ्घिय सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सप्तकोसी नदीको कटानका कारण समस्यामा परेका स्थानीयहरूको समस्या समधानकालागि दीर्घकालीन योजना बनाइने बताउनुभएको छ । 

दिगो रुपमा सप्तकोसी कटान नियन्त्रण गर्न नेपाल सरकार लागिपरेको भन्दै मन्त्री कार्कीले मन्त्री कार्कीले  कोशी कटानबाट पीडित बनेकाहरूको समस्यालाई तत्कालीन र दीर्घकालीन रुपमा योजना बनाएर समाधान गरिने बताउनुभयो ।  

शनिबार वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित श्रीलङ्का टप्पु पुग्नुभएका मन्त्री कार्कीले कोशी कटानबाट प्रभावित क्षेत्रलाई सरकारले प्रकोप संकट ग्रस्त क्षेत्र घोषणा गरेर समस्या समाधानको योजना बनाइरहेको बताउनुभयो ।  

कोशी पीडितको समस्या र दुः खलाई सरकारले बुझेको भन्दै उहाँले तत्काल सरकारले संकटग्रत क्षेत्र घोषणा गरेको बताउनुभयो । ‘अब चाडै योजना बनाएर सरकारले दीर्घकालीन रुपमा समाधानको खोजी गर्नेछ । श्रीलङ्का टप्पुको आधारभूत विकासमा योजना बनाएर काम गरे । अब बस्तीको स्थायीरुपमा संरक्षण गर्ने योजना बनाएर काम गर्ने छु ।’ मन्त्री कार्कीको भनाई थियो ।  

मन्त्री कार्कीले कोश प्रभावित १ सय १६ परिवारलाई खाध्यान्न  प्रदान गर्नुभयो । चौधरी फाउडेशन, करुणा फाउडेशन, सीबीआर नेपाल र जापानीज संस्था एपास्टको सहयोगमा कोशी पीडितलाई खाध्यान्न  स्वरूप चामल, दाल , नुन , तेल , साबुन , झुल, टच लाइट लगायतका सामाग्री प्रदान गरिएको हो । 

मन्त्री कार्कीले टप्पुबासीको समस्या बारे स्थानीयसँग छलफल समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button