तपाईँ सुन्दै हुनुहुन्छः

नेता गिरीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको उपचारको क्रममा शनिबार राती ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले एक शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै कांग्रेस संसदीय दलले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

नेता गिरीप्रति श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर आह बिहान ९ः०० बजे देखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने सो शोक विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी श्रद्धाञ्जलीको लागि बिहान ११ः३० बजेदेखि २ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, सानेपामा उहाँको पार्थिव शरीर राखिने र तत्पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ ।
विसं २००४ सालमा सिरहामा जन्मनुभएका समाजवादी चिन्तक गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ हाल प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button