तपाईँ सुन्दै हुनुहुन्छः

थप २ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभरमा आज थप २ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

४ हजार ३ सय ३७ जनाको कोरोना परीक्षण गर्दा २ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

file photo

यस्तै ५ सय ७७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने दुई जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल मुलुकमा ४ हजार ६ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, १८ हजार ६ सय ७० जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button