तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा सञ्चालित कर्णालीकै लामो जात्रा सम्पन्न

जुम्ला । जुम्लामा सञ्चालित कर्णाली प्रदेशकै लामो जात्रा सम्पन्न भएको छ । कोरोनाले रोकिएको जात्रा दुई वर्षपछि भएको हो ।

रक्षाबन्धन जनै पूर्णिमाका दिनबाट सुरु भएको जात्रा श्रीकृष्ण जन्माअष्टीको भोलि अर्थात् शनिवार नवमीमा लाखे काटेपछि जुम्लाको जात्रा सम्पन्न भएको हो । जात्राको पहिलो दिन साउन २७ गते गाईजात्रा निकालिएको थियो । दिवङ्गत भएका आफन्तहरूको सम्झनामा आत्म शान्तिको लागि गाईजात्रा मनाइन्छ ।

दोस्रो दिन २८ गते रोपाई जात्रा, तेस्रो दिन २९ गते बाघ भालु जात्रा र ३० गते मिम बादशाह, पल्टन जात्रा तथा धामी, पञ्चेबाजा लगायतका जात्रा देखाइएको थियो । जुम्ली संस्कृति तथा परम्परा झल्काउने खालका विभिन्न प्रस्तुती जात्रामा गरिएको थियो ।

लिच्छवि कालमा राजा प्रताप मल्लले पुत्रशोकले भावविह्वल भएकी रानीलाई सान्त्वना दिन र सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाइजात्राको शुरुवात गरेको मान्यता छ । त्यसपछि पनि रानीको मन शान्त नभएपछि खुसी बनाउन रोपाई जात्रा, मिम बादशाह जात्रा, पल्टन जात्रा लगायतका रमाइला कार्यक्रम गरेको इतिहास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button