तपाईँ सुन्दै हुनुहुन्छः

धर्म र संस्कृति जगेर्ना गर्ने कार्यमा मुख्यमन्त्री राईको ऐक्यबद्धता

भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आफ्नै क्षेत्रमा पुगेर लाखे नाचमा सहभागी हुनुभएको छ ।

मुख्यमन्त्री राईले गाउँमा पुगेर लाखेको ढोल बजाउन थालेपछि स्थानीयहरू झन् उत्साहित भएका थिए । मुख्यमन्त्री राईलाई षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले साथ दिनुभएको थियो । धर्म र संस्कृति जगेर्ना गर्ने कार्यमा मुख्यमन्त्री राईले पनि ऐक्यबद्धता जनाउनुभएको हो ।

भोजपुरको षडानन्द नगरपालिका ११ घर भएका मुख्यमन्त्री राई सोही ठाउँको देउरालीमा लाखे जात्राको अन्तिम दिन सहभागी हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button