तपाईँ सुन्दै हुनुहुन्छः

विकासमा राजनीति गर्नु हुँदैन: मन्त्री राई

नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ ।

बाँकेको नेपालगन्जस्थित जमुनाहादेखि कोहलपुरसम्म निर्माण गरिने पाँच वटा आकाशे पुल र अस्फाल्ट सडक आयोजनाको आज नेपालगञ्जमा शिलान्यास गर्दै मन्त्री राईले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरूसँग सावधान रहन आग्रह गर्नुभयो । आफूले सधैँ सबैको विकास र उन्नतिको राजनीति गरेको दाबी गर्दै उहाँले विकासमा राजनीति गर्न नहुने बताउनुभयो ।

मन्त्री राईले आफू बाँकेबाट दुई पटक सांसद र तीन पटक मन्त्री भएको अवधिमा गरेका विकासका कामहरू जनतालाई नै केन्द्रबिन्दुमा राखेर सम्पन्न गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button