तपाईँ सुन्दै हुनुहुन्छः

कृष्ण जन्माष्टमीको अवसरमा धार्मिक मेला सुरु

जनकपुरधाम । भगवान् श्रीकृष्णको जन्म भएको स्मरणमा आजदेखि जनकपुरधामको स्टेशन एरिया सहितका आधा दर्जन ठाउँमा धार्मिक मेला सुरु भएको छ ।

भाद्र कृष्णाष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको स्मरणमा स्टेशन एरिया युवा कमिटीले प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनकपुर रेल्वे स्टेशन क्षेत्रमा भव्य एवं आकर्षक पण्डालको निर्माण गरी मेलाको व्यवस्थापन गरेको छ ।

उक्त ठाउँमा भगवान् श्रीकृष्णको लिलामा आधारित विभिन्न मूर्तिहरूको निर्माण गरिएको छ । तीन दिनसम्म मेला लाग्ने स्टेशन एरिया युवा कमिटीले जनाएको छ । पूजापाठ गर्न तथा मेला भर्नका लागि जनकपुरधामसहित आसपासका गाउँका भक्तजनहरू आउने गरेका छन् ।

जनकपुरधामको वडा नंं ७ जीरोमाईल, वडा नंं ८ को बाल्मिकीनगर, वडा नंं १३ को धत्ता टोल ज्ञान कूप विद्यालयको पछाडिपट्टि पनि भगवान् श्रीकृष्ण सहितका देवी देउताहरूको मूर्ति बनाएर विशेष पूजापाठको आयोजना गरिएको छ ।

भोलिसम्म चल्ने महोत्सवको आयोजना गणिनाथ गोविन्द सेवा समितिले गरेको प्रसार प्रसार समितिका संयोजक कमल साह कानूले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button