तपाईँ सुन्दै हुनुहुन्छः

गीतकार लोकराज अधिकारीको तीज गीत तीजै रमाइलो सार्वजनिक

काठमाडौँ । नेपालीहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै कलाकारहरूले तीज लक्षित गीतहरू बजारमा ल्याउने क्रम चलिरहेको छ ।

यसैक्रममा तीज आउन अब केही दिनमात्रै बाँकी रहँदा चर्चित गीतकार लोकराज अधिकारीको तीजै रमाइलो नामक तीज गीत सार्वजनिक भएको छ ।

अधिकारीको शब्द रहेको यस गीतमा गायिका रुपा रिसाल चालिसे, शिला विष्ट, बिपना घिमिरे र सञ्जीव अधिकारीको स्वर रहेको छ ।

विपिन घिमिरेले लय सङ्कलन गर्नुभएको यस गीतको म्युजिक भिडियोको निर्देशन दिप गुरुङले गर्नुभएको छ भने म्युजिक एरेन्ज सञ्जय श्रीपालको रहेको छ ।

तीजै रमाइलो, माइतीघर भन्ने चिजै रमाइलो गीतमा दिपशिखा गुरुङ, लोमश शर्मा र लक्ष्मी गुरुङको अभिनय रहेको छ । यसपालिको तीजमा अलि ढिलो गरी तीज गीत सार्वजनिक गरेका अधिकारीले मौलिक तीज गीत बनाउने क्रममा केही ढिलो भएको बताउनुभयो ।

गीतकार अधिकारीका तीज गीत, लोकगीत, चलचित्रका गीत, आधुनिक लगायत थुप्रै चर्चित गीतहरू यसअघि बजारमा आइसकेका छन् । 

गीतकार लोकराज अधिकारीको तीज गीत तीजै रमाइलो सार्वजनिक (भिडियो ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button