तपाईँ सुन्दै हुनुहुन्छः

मोरङको विराटनगर महानगरपालिका–१५ बाट अवैध सामान बरामद

सुनसरी । मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले भन्सार छली नेपाल ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ ।

हिजो राती १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR38A3287 नम्बरको ट्र्याक्टरमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको करिब १२ लाख मूल्य बरावरको विभिन्न किसिमका कपडा तथा जुत्ताहरू  बरामद गरेको हो । 

अवैध सामान बरामद भए सगैं ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button