तपाईँ सुन्दै हुनुहुन्छः

जसपाको बैठकमा चुनावका विषयमा छलफल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, मापदण्ड लगायत विषयमा छलफल भएको छ ।

काठमाडौँमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न सङ्गठन संरचना विस्तार लगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति सदस्य डा सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि नेताहरूले धारणा राखिरहनुभएको छ ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपाबीच गठबन्धनको सम्भावना, पाँच दलीय गठबन्धनमा निर्वाचनमा जसपाको सम्भावित अवस्थाबारे पनि नेताहरूले धारणा राख्नुभएको जसपाका राजनीतिक समिति सदस्य डा यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button