तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रजात्रा व्यवस्थापनबारे पर्यटन मन्त्रीद्वारा सरोकारवालाहरूसँग छलफल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालाहरूसँग छलफल गर्नुभएको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठियारका साथै अन्य सरोकारवालाहरूसँग छलफल गर्नुभएको हो ।

त्यस अवसरमा काठमाडौँवासीको महत्त्वपूर्ण चाडका रूपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापी रुपमा चिनाए पर्यटन उद्योगको विकासमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

इन्द्र ध्वजोत्थान पर्व राष्ट्रिय संस्कृतिका रुपमा विकसित भएको बताउनुहुँदै उहाँले इन्द्रजात्रा अवलोकनमा सहभागी हुनेहरूलाई सहज हुने गरी सबै प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति, मन्त्रीहरू र नगरवासीहरू उपस्थित भई इन्द्र ध्वजोत्थान गर्ने गरिन्छ । साथै विश्वका विभिन्न सहरका मेयरसहित विदेशी पाहुनालाई पनि निमन्त्रणा गरिएको छ ।

आठ दिनसम्म मनाइने इन्द्रजात्रा पर्वमा वसन्तपुर क्षेत्रमा पुलकिशी, श्वेत भैरव, आकाश भैरव, इन्द्र, गणेश, कुमारी लगायतको जात्रा देखाइनेछ ।

राष्ट्रप्रमुख जात्रामा सरिक भएर टीका र प्रसाद ग्रहण गर्दा देशमा सुख शान्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button