तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

गोकुलेश्वरबाट दार्चुलाका लागी छुटेको से १ ज–५५१ नम्बरको जिप उल्लानीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

दुर्घटनामा परी ४ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । अन्य २ पुरुष, ३ महिला र चालक समेत घाइते भएका छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र थप विवरण आउन भने बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button