तपाईँ सुन्दै हुनुहुन्छः

मेची अस्पतालमा चार दशकदेखि जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापा । पूर्वी पहाडी तीन जिल्लाका बिरामी समेतको भरोसाको केन्द्र झापाको भद्रपुरस्थित मेची अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव हुँदा बिरामीले सास्ती खेप्नु परिरहेको छ ।

विसं २०३३ सालमा १०३ कर्मचारीको दरबन्दी रहेकोमा दरबन्दी अनुसारको जनशक्ति हालसम्म परिपूर्ति हुन सकेको छैन । अझ जनशक्तिको सङ्ख्या घटेर ४५ मा आइपुगेको छ ।

०३३ सालमा अस्पताल ५० शय्याको थियो भने हाल १३४ शय्याको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि बिरामीको चाप अझ बढेको तर जनशक्ति भने घटेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट टङ्कप्रसाद बाराकोटीले बताउनुभयो ।

अस्पतालमा दैनिक औसत आठ सय जनाले बहिरङ्ग सेवा (ओपिडी) लिँदै आएका छन् । अस्पतालमा छात्रवृत्ति, करार र अन्य गरी २८ चिकित्सकले सेवा दिइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button