तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको पदाधिकारीको अन्तिम टुङ्गो भोलि हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकमा पदाधिकारी टुङ्ग्याउने विषयमा छलफल भएको छ ।

file photo

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले स्थायी कमिटी र पोलिट ब्युरोको चयन तथा केन्द्रिय कमिटीमा थप्नुपर्ने सदस्य र पार्टी पदाधिकारी टुङ्ग्याउने विषयमा छलफल भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

सदस्य तथा पार्टी पदाधिकारीका विषयमा आजको बैठक लगभग टुङ्गोमा पुगिसकेको भए पनि भोलि बिहान ८ बजे बस्ने स्थायी कमिटी बैठकले अन्तिम टुङ्गो लगाउने प्रवक्ता महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button