तपाईँ सुन्दै हुनुहुन्छः

‘कार्यकर्तालाई समान अवसर दिई देश बनाउने अभियानमा लागिने’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नवप्रवेशी र पुराना सबै नेता कार्यकर्तालाई समान अवसर दिई देश बनाउने अभियानमा लाग्ने बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रिय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीमा फर्किआएका वा नवप्रवेशी कसैप्रति भेदभाव तथा पक्षपातपूर्ण नीति र व्यवहार नभएकोले सबैलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रपतिले नागरिकता विधेयक संसदमा नै फिर्ता पठाउनुभएपछि संसदमा छलफल गर्नुपर्नेमा जस्ताको तस्तै पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने भनी सत्ता गठबन्धनले गरेको निर्णय असंसदीय र अराजनीतिक भएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button