तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षण तथा पर्यटकको पर्खाइमा जन्तरे 

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा रहेको सुन्दर प्राकृतिक, धार्मिक तथा रमणीय पर्यटकीयस्थल जन्तरे प्रचारप्रसार तथा संरक्षण र पर्यटक लाई स्वागत गर्नको लागि पर्खिरहेको छ । जन्तरेबाट जलजला, रुकुमको सिस्ने हिमाल र बागलुङको ढोरपाटन शिकार आरक्ष नजिकै पर्दछन् ।

जन्तरेको संरक्षण गरी प्रचारप्रसार गरेर पर्यटकलाई भित्र्याउन सकेमा स्थानीय खानाको परिकारसँगै जिल्लामा उत्पादित विभिन्न बस्तुहरूको बिक्री हुने र स्थानीयहरू स्वरोजगार बन्नुका साथै जिल्ला समृद्धिको बाटोमा अघि बढ्ने भएकाले यस क्षेत्रको संरक्षण, प्रवद्र्धन गर्नु आजको आवश्यकता भएको स्थानीय युवा बोम बहादुर घर्तीले बताउनुभयो ।

जहाँ बाह्रभाइ बराह मध्येका सबैभन्दा जेठा बराह रहने गरेको भनिन्छ, साउने पूर्णिमामा मगर समुदाय सँगै क्षेत्री, ब्राह्मण र दलित समुदायले आस्था विश्वासका साथ पूजा गर्ने गर्दछन्  ।

जन्तरेबारे विभिन्न पौराणिक सत्यतामा आधारित कथाहरू रहेको बुढापाकाहरू बताउँछन् । जन्तरे र गामा लेक÷जलजलासँगै किंवदन्तीमा जोडिएर आउने अन्य थुप्रै पर्यटकीय ठाउँहरू प्रचारप्रसार हुन नसक्दा पछि परेका देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button