तपाईँ सुन्दै हुनुहुन्छः

कच्चापदार्थमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिन्छु : मन्त्री शाही

कर्णाली। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले स्थानीय कच्चापदार्थमा आधारित उद्योगमा जोड दिने बताउनुभएको छ ।

कर्णालीमा ठूला लगानीका उद्योग नभएको उल्लेख गर्दै मन्त्री शाहीले स्थानीय कच्चापदार्थमा आधारित उद्योग विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । “चालु आव २०७९/८० को बजेट कार्यान्वयनमा मेरो विशेष जोड हुनेछ”, उहाँले भन्नुभयो, “प्रदेशस्थित लगानी प्रवद्र्धन बोर्डमार्फत साना उद्योगको विकास र प्रवद्र्धनमा पनि जोड दिन्छु ।”

कर्णालीको जाजरकोट, सुर्खेत र दैलेखमा खानी लगायतका प्राकृतिक स्रोतको उपयोगका लागि यहाँको हावापानी र माटो सुहाउँदो उद्योग मोडेलमा जोड दिने उहाँले बताउनुभयो । उद्योगी व्यवसायीलाई ब्याजमा सहुलियत दिन प्रदेश सरकारले सहयोग गर्ने मन्त्री शाहीको भनाइ थियो ।

कर्णालीको जडीबुटीको राजस्व सङ्घीय सरकारलाई बुझाउनुपर्ने नियमले प्रदेशका जनता मारमा परेका मन्त्री शाहीले बताउनुभयो । कर्णालीका छ विमानस्थलको स्तरोन्नति र विकासमा प्रदेश सरकारले जोड दिने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button