तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुका तिन स्थानीय तहमा डेंगुको संक्रमण

कपिलवस्तु । कपिलवस्तुका तिन स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । बाणगंगा नगरपालिकामा ४६ जना, कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउँपालिकामा १ जना गरि जिल्लामा ४९ जना डेंगुका बिरामी फेला परेका हुन ।

जसमध्ये बाणगंगा नगरपालिकाले ४६ जनाको पुष्टि गरे पनि कृष्णनगर र विजयनगरले पुष्टि गरेका छैनन् । बाणगंगाका विभिन्न स्थानमा भेटिएका ४६ मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको छ । बाँकी सङ्क्रमितहरूको नगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरभित्र डेंंगुका बिरामी बढेपछि मङ्गलवार नगरका विभिन्न स्थानको निरीक्षण गरिएको बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले स्थानीय तहमा रहेको स्वास्थ्य शाखासँग सम्पर्क, समन्वय गरि जनसमुदायमा चेतनामूलक कार्यक्रमलाई तीव्रता दिइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button