तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० पुग्यो

चितवन । चितवनमा विगत २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार ६१ जनाको कोरोना परीक्षणमा १९ जनालाई कोरोना संक्रमण देखिएको हो ।

जसमा १५ जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना रत्ननगर र एक जना कालिका नगरपालिकाका रहेका छन् । आज १९ संक्रमित थपिएसँगै चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० पुगेको छ जसमध्ये ८५ जना घरको आइसोलेसनमा र पाँच जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button