तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदलले आगामी बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने

फाइल तस्बिर

काठमाडौँ । सत्तारुढ गठबन्धनको कार्यदलको आज बसेको बैठकले थप गृहकार्य गरेर आगामी बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने तयारीमा रहेको बैठकपछि कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा भने विशिष्ट रुपमा हेरिने कार्यदलका सदस्य कार्कीले बताउनुभयो । 

कार्यदलको अर्को बैठक पर्सि भदौ १ गते बुधबार बस्ने र बैठकले छिटो भन्दा छिटो सिट बाँडफाँटको प्रस्तावमा छलफल गरेर टुङ्गो लगाउने पनि मन्त्री  कार्कीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button