तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ ।

फाइल तस्बिर

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button