तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित दुई जना पक्राउ

भद्रपुर, झापा । झापामा प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले झापा बिर्तामोड–४ को भित्री सडकखण्डमा बिर्ता बजारबाट बुट्टा बारीतर्फ जाँदै गरेको मे.१ ह.२९२१ नं. को अटोलाई चेकजाँच गर्दा अटोचालक सुनसरी घर भई हाल बिर्तामोड ४ मा बस्दै आएका ४० वर्षीय उमेश चौधरीको साथबाट ४ ग्राम २०  मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला पारेपछि नियन्त्रणमा लिएको हो ।

सोधपुछका क्रममा चौधरीले सिराहा अमरुवा गाउँपालिका ५ घर भई हाल विर्तामोड ३ बिर्ता बजारमा डेरा गरी बस्ने २७ वर्षीय प्रतीक्षा चौधरीसमेत संलग्न रहेको बताएपछि खोजतलास गर्दा उनको कोठाबाट समेत ५ ग्राम ब्राउन सुगर फेला पारेको र अनितालाई पनि पक्राउ गरिएको प्रहरी जनाएको छ ।

अटोसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button