तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुकको नेतृत्व गर्ने अवसर फेरि पनि माओवादी केन्द्रले प्राप्त गर्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको नेतृत्व गर्ने अवसर फेरि पनि माओवादी केन्द्रले प्राप्त गर्ने बताउनुभएको छ ।

file photo

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारण सभामा अध्यक्ष प्रचण्डले देशभित्र र बाहिर माओवादी पार्टी र नेतृत्वप्रतिको भरोसा र विश्वास रहेको बताउनुभयो ।

उहाँले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संविधान र गणतन्त्रको रक्षा गर्न वामपन्थी विचारलाई एक ठाउँमा केन्द्रित गर्ने रणनीति बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।

अध्यक्ष प्रचण्डले विचार र व्यवहारमा एकरूपता हुन नसक्दा पार्टीभित्रको गुटबन्दी अन्त्य हुन नसकेकाले यसअघिको निर्वाचनमा नतिजा कमजोर देखिएको स्वीकार गर्नुभयो ।

उहाँले माओवादीप्रतिको आकर्षणलाई बचाइराख्न सके वामपन्थीतर्फ माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button