तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति भवन महाराजगञ्जमा उहाँले पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गर्नुभएको हो ।

उहाँले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसाद ग्रहण गर्नुभएको छ ।

श्रावणी कर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षाबन्धन गर्ने परम्परा रहेबमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको छ ।

आज नै राष्ट्रपति भण्डारीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँका निर्देशक ब्रह्मकुमारी राज दिदीबाट पवित्रताको सूचक राखी समेत ग्रहण गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button