तपाईँ सुन्दै हुनुहुन्छः

तिब्बतमा कोरोना संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द

काठमाडौँ । तिब्बतमा कोरोना संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । 

नाका बन्द भएसँगै बुधबारदेखि चीनबाट सामान आयात नभएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । 

तिब्बतमा कोरोना संक्रमण दर बढेको भनिए पनि नाका कहिले खुल्नेबारे केही जानकारी नआएको उहाँले बताउनुभयो ।

‘खासा क्षेत्रमा ५८ जनामा कोरोना संक्रमण बढेर आयात रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताउनुभयो । 

सो नाकाबाट दैनिक ४ देखि ८ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुँदै आएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button