तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट एकै दिन ५ जनाको मृत्यु, थप ८ सय १५ संक्रमित

काठमाडौँ । देशभरि आज कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

४ हजार ५ सय ३४ नमुनाको परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणलाई जितेर आज ४ सय ७६ जना घर फर्किएका छन् । 

कोरोना संक्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button