तपाईँ सुन्दै हुनुहुन्छः

माइक्रो बस दुर्घटना हुँदा तनहुँमा १४ जना घाइते

तनहुँ । तनहुँको म्यादे गाउँपालिका–३ धयरे मा आज बिहान माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

दमौलीबाट पोखरा जाँदै गरेको बा४ख ९९९९ नम्बरको माइक्रो बस आफैँ अनियन्त्रित भई पृथ्वीराज मार्गमा पर्ने सम्धी खोला पुलको रेलिङमा ठक्कर खाएपछि १५ फिट तल खसेर दुर्घटना हुँदा उक्त १४ जना घाइते भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा माइक्रोमा सवार चालकसहित सात जना पुरुष र सात जना महिला गरी जम्मा १४ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

उनीहरूलाई तत्काल उद्धार गरी उपचारको लागि दमौलीस्थित रत्नहरी अस्पताल दमौलीमा ल्याइएको र घाइते मध्ये म्याग्दे गाउँपालिका–२ गुणादी बस्ने वर्ष ३० को विमल रानाभाट, शुक्लागण्डकी नगरपालिका–८ राइपुरका वर्ष ७४ का भानुप्रसाद भट्टराई, व्यास नगरपालिका–११ बस्ने वर्ष ३० की बिन्दु भट्टराई, व्यास नगरपालिका–५ पतेनी बस्ने वर्ष २८ की भावना श्रेष्ठ र माइक्रो बस चालक व्यास नगरपालिका–२ वर्ष ३६ की जीवन आले गरी पाँच जनाको मणिपाल अस्पताल पोखरामा थप उपचारको लागि पठाइएको प्रनाउ खड्काले बताउनुभयो । 

बोल्न सक्ने नौ जना घाइतेको रत्नहरी अस्पतालमा नै उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button