तपाईँ सुन्दै हुनुहुन्छः

वनजङ्गल जोगाउन, संरक्षण र विकास गर्न जरुरी: मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले नेपालको हरियाली वनजङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

वन दिवस २०७९ का अवसरमा आज वन विभागले वन परिसरमा स्थापना गरेको ‘सामुदायिक वन स्तम्भ’ को अनावरण गर्दै मन्त्री यादवले नेपालको वनजङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

वन स्तम्भले तराई मधेसदेखि नेपालको पहाडी र उच्च हिमाली क्षेत्रसम्म वनजङ्गल र वन्यजन्तु जोगाउने अभियानमा आआफ्नो स्तरबाट सहयोग गर्ने सम्पूर्ण अभियन्ता, कर्मचारी, सुरक्षाकर्मी र अन्य राष्ट्रसेवकको योगदानलाई कलात्मक रूपमा दर्शाउने समेत मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।

वन स्तम्भ निर्माण गर्न नेपालकै वनजङ्गलमा पाइने विभिन्न किसिमका काठ प्रयोग गरिएको र सामुदायिक वन अभियानसँग जोडिएर विभिन्न कालखण्डमा अतुलनीय योगदान पुर्‍याउनु भएकाको प्रतिकका रूपमा वन विभागले वन परिसरमा ‘सामुदायिक वन स्तम्भ’ को निर्माण गरिएको वन निर्देशक राजेश केसीले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button