तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी नायब महानिरीक्षक गिरीद्वारा कार्य सम्पादन सम्झौतामा हस्ताक्षर

सुनसरी । १ नम्बर प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक सुदिप गिरीले नेपाल प्रहरीको वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सातवटै प्रदेशका प्रहरी प्रमुखहरूबिच भर्चुअल माध्यमद्वारा आज भएको एक विशेष कार्यक्रमबिच प्रहरी नायब महानिरीक्षक गिरीले नेपाल प्रहरीको वार्षिक कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर पश्चात् प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले योजनाबद्ध गरिएका कामले मात्र राम्रो नतिजा दिने हुँदा वार्षिक कार्ययोजनामा समावेश गरिएका विविध पक्षहरूलाई अध्ययन मनन गरी कार्य गर्न निर्देशन दिनुभएको थियो ।

शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र संवर्द्धन, बिपद व्यवस्थापनमा नेपाल प्रहरीको क्षमता अभिवृद्धि, सुरक्षा तथा अन्य सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा प्रभावकारिता, तस्करी नियन्त्रण आदी वार्षिक कार्य सम्पादनको लक्ष्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button