तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमण दर बढ्दै गएकोले थप सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही हप्तादेखि कोरोना संक्रमण दर वृद्धि भएकोले थप सतर्कता तथा सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले हाल देशमा संक्रमण निरन्तर बढिरहेकोले घर बाहिर निस्कँदा अनिवार्य र सही तरिकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।

सह–प्रवक्ता अधिकारीले साउन १ गते ४ प्रतिशत रहेको संक्रमण दर आज ३ गुणाले वृद्धि भई १३ प्रतिशत संक्रमित थपिएको बताउनुभयो ।

यस्तै हाल कोभिड विरुद्धको खोप नलाएको र खोपको मात्रा पुरा नगरेकाहरूमा संक्रमण तथा सङ्क्रमणपछि मृत्यु दर बढी पाइएकोले खोप लगाउन तथा खोप मात्रा पुरा गर्न समेत सह–प्रवक्ता अधिकारीले आग्रह गर्नुभयो ।

आज देशभर ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ६ सय १४ पीसिआर परिक्षण गर्दा ४ सय ९६ र ३ हजार ९१ नमूनाको एन्टीजेन परिक्षण गर्दा ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज संक्रमित ३ जनाको मृत्यु भएको छ भने ४ सय १४ संक्रमित निको भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button