तपाईँ सुन्दै हुनुहुन्छः

अचानोले हानेर श्रीमतीद्वारा श्रीमानको हत्या

चितवन । चितवनमा आफ्नै श्रीमतीले अचानोले टाउकोमा प्रहार गर्दा श्रीमानको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुरमा ५६ वर्षीय टिकाराम विकलाई उनकी श्रीमती ५४ बर्षीया विनमाया विकले अचानोले टाउकोमा हान्दा गए राति ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घरायसी विवादमा श्रीमान् टिकारामलाई श्रीमती विनमायाले टाउकोमा अचानोले हानेकी थिइन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button