तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड

काडमाडौं । आयातित एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिनुभएको छ ।

file photo

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वयमा जिआइजेड/इन्डेभले मङ्गलवार आयोजना गरेको नेपालमा विद्युतीय चुलोको प्रवर्द्धन विषयक कार्यशालाका सहभागीले मुलुक बिस्तारै विद्युतीय ऊर्जामा आत्मनिर्भर हुन गइरहेको सन्दर्भमा विद्युतीय चुलाको प्रयोगलाई बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यशालामा पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले स्वदेशी विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोगसँगै रोप–वेजस्ता प्रविधिहरूको प्रवर्द्धन गर्न सकिएमा आयातित इन्धनको निर्भरता कम गर्न सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा बल पुग्ने बताउनुभयो ।

उहाँले ग्रामीण क्षेत्रमा निर्माण गरिएका लघुजलविद्युत् आयोजना, वायो ग्याँसजस्ता प्रविधिको दिगो सञ्चालनबाट स्वच्छ भान्साको अभियान सफल हुने बताउँदै आम जनतादेखि नीति निर्माण गर्ने तहसम्म व्यवहार, प्रविधि र व्यवस्थापनमा नवीनता ल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक कार्यकारी निर्देशक नवराज ढकाल, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सदस्य कपिल आचार्य, ऊर्जाविद् डा इन्दिरा शाक्यले नेपालको आर्थिक समृद्धि र जनताका जीवनस्तरमा सुधार ल्याउन विद्युतीय चुलोको प्रवर्द्धन गर्नुको विकल्प नभएको तर्क गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button