तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री गहतराजद्वारा क्रिकेट मैदानको निरीक्षण

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ ।

गृह जिल्ला पुग्नुभएका मन्त्री गहतराजले निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा मन्त्री गहतराजले रङ्गशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट विनियोजन गरिने बताउनुभयो । लमही क्रिकेट रङ्गशालालाई पश्चिम नेपालको महत्त्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री गहतराजले पूर्वाधारका बाँकी कामहरूको बारेमा समेत जानकारी लिनुभयो ।

आठौँ राष्ट्रिय प्रतियोगिताका बेला लमही रङ्गशाला मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो । आठौँ राष्ट्रिय प्रतियोगिताको दौरान रङ्गशालामा केही भौतिक पूर्वाधारहरू निर्माण गरिए पनि प्याराफिट लगायतका संरचना निर्माणका काम अझै बाँकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button