तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिताको उत्कृष्ट विधा फोटो : मन्त्री श्रेष्ठ

file photo

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठेले पत्रकारिताको उत्कृष्ट विधा फोटो रहेको बताउनुभएको छ । विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गुठीले आज आयोजना गरेको फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले फोटोको माध्यमबाट समाजको यथार्थतालाई  प्रष्ट पार्न सकिने  भएकाले यो सूचना प्रवाहको उत्कृष्ट विधा रहेको बताउनुभएको हो । 

फोटो पत्रकारिताको माध्यमबाट कला संस्कृतिको  संरक्षण गर्न र त्यससम्बन्धी जानकारी दिन पनि ठूलो योगदान रहने मन्त्री श्रेष्ठले भन्नुभयो । यस वर्षको विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गोरखापत्रका फोटो पत्रकार विकास द्वारेलाई प्रदान गरिएको छ ।

फोटोको माध्यमबाट कला संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै द्वारेलाई रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । यो पुरस्कार प्राप्त गर्ने द्वारे पहिलो व्यक्ति रहनुभएको छ । आगामी दिनमा यसलाई निरन्तरता दिने आयोजक संस्थाका संस्थापक नातिकाजी महर्जनले जनाकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button