तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले जंगलछापमा दुई घरमा क्षति, १२ घर उच्च जोखिममा 

सिन्धुपाल्चोक । निरन्तर वर्षाले पहिरो जाँदा चौतारा साँगाचोकगढी नगरपालिका १३ जंगलछापमा दुई घरमा क्षति पुगेको छ । पहिरोका कारण थप १२ घर उच्च जोखिममा  परेका छन् ।

मानवीय क्षति भने नभएको पत्रकार सुरेश कसजुले जानकारी दिनुभयो । यसैबीच पहिरो गएको स्थानको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले निरीक्षण गर्नुभएको छ । उहाँले पहिरो प्रभावितलाई तत्काल राहत सहयोग तथा स्थानान्तरण गरिने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button